एमालेमा ओली र नेपालको जुहारी कायम नै, नेपाललाई आफ्नो सारथी बनाउने प्रयासमा दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

एमालेमा ओली र नेपालको जुहारी कायम नै, नेपाललाई आफ्नो सारथी बनाउने प्रयासमा दाहाल

केशर कार्की,
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शनिबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । उनले नेपाल निवासमै पुगेर एमालेका वरिष्ठ नेता नेपाललाई भेटेका हुन् । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले वरिष्ठ नेता नेपाललाई भेट्न जानुलाई निकै अर्थपूर्ण मान्न सकिन्छ । एमाले भित्रको आन्तरिक विवाद सुल्झाउनका लागि यतिखेर एमालेभित्रका दोस्रो तहका नेताहरु लागिपरेका छन् ।

एमालेका दुई ठूला नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेता नेपालबीचको टकराव हेर्दा लाग्छ अब यी दुवै नेता कुनै पनि हालतमा पार्टीका एकै रथका पाङ्गा्र हुनै सक्दैनन् । तर राजनीतिमा एकले अर्कोलाई खरोरुपमा दोष देखाउनु स्वभाविक नै मान्ने गरिन्छ । अझ भन्ने हो भने नेपालको राजनीतिमा यो कुनै नौलो कुरा भने हैन । कहिले कांग्रेसमा , कहिले राप्रपामा , कहिले जसपाभित्रै पनि एकले अर्कोलाई दोष थुपारेर आफू चोखो बन्न खोज्ने प्रवृत्ति रोग जस्तै बनेको छ । नेताहरु आज पनि पुरानै शैलीमा अघि बढीरहेका छन् र पुरातनवादको खोल ओडेर जनतालाई झुक्याउन सफल भएका कयौँै उदाहरणहरु नेपाली जनताले ग्रहण गरिसकेका पनि हुन् ।

तर अच्चमको कुरा त के छ भने जव जव नेकपा एमाले एक हुने संकेतमा अघि बढ्न थाल्छ तव विपक्षीका नेताहरु नेता नेपालसंगको भेटघाट र साँठगाँठलाई तिव्रता दिने होडमा देखिन थालेका छन् । त्यसैको ताजा उदाहरण हो शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेका नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नु ।

एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटिरहेका बेला किन पुगे त दाहाल नेपाल निवासमा भन्ने धेरैको चासोको विषय बन्दै गएको छ । यता पुनःस्थापित संसदको अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न दाहाल नेपाल निवास पुगेको भन्ने खबर बाहिर आएपनि भित्र भने त्यस्तो नभएर एमाले एकताको प्रकृया अघि बढ्न नदिने रणनीति नै दाहालले चालेका त हैनन् भन्ने पनि धेरैको चासो र जिज्ञासाको विषय बनेको छ ।

हिजो मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमार्फत देउवा नेतृत्वको सरकारलाई कुनै पनि हालतमा विश्वासको मत दिन नसकिने बताएका थिए । यदि कसैले देउवाको पक्षमा विश्वासको मत दिए त्यो पार्टीको आधिकारीक नहुने र व्यक्तिगत हुने एमालेको स्थायी कमिटीले निष्कर्ष निकालेको थियो ।

यता गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको नेपाल पक्ष सरकारमा सहभागी नभएकाले वर्तमान प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार समेत गर्न सकेका छैनन् । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे नेपाल पक्ष आधिकारीक ठोस निर्णयमा पुग्न सकेको छैन । त्यसैले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल अहिले नेपाललाई फकाउन लागि परेका छन् ।

अहिले दाहालको एक मात्र लक्ष्य भनेको सत्ता र शक्तिमा बस्नु हो । तर यता नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी नभएपछि झनै अध्यक्ष दाहाल नेपालको भेटलाई तिव्रता दिन थालेका छन् । दाहालको एक मात्र इच्छा भनेको जसरी पनि माधवकुमार नेपाललाई आफ्नो सारथी बनाउन लागि परेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);