जसपामा चार सांसदले अध्यक्ष ठाकुरको साथ छोडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जसपामा चार सांसदले अध्यक्ष ठाकुरको साथ छोडे

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा ठाकुर पक्षका चार सांसदहरुले उनको साथ छोडेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । योसँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको नेताहरु १६–१६जनामा विभाजन भएको हो ।

गठबन्धनको सरकारलाई सहयोग गरेसंगै ठाकुर पक्षका नेताहरु यादव पक्षमा आउन थालेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);