कांग्रेसका क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको छ : प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसका क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । ७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए ।

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ औँँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको जानकारी दिए । तर यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् ।

अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाई छ । साथै पुरानो कार्यतालिका पनि केही फेरबदल हुन सक्नेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र यसबाट नटुंगिएकालाई मापदण्डबाट टुंग्याएको बताउँँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाईका साथ रोक्नुपर्ने बताए ।

सहमति र मापदण्ड दुबैबाट नटुंगिएकालाई पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);