पौडेल पक्षका नेताहरू बालुवाटार पुगेर देउवालाई भने- कांग्रेस अधिवेशनमा प्रशासनको दुरुपयोग नहोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पौडेल पक्षका नेताहरू बालुवाटार पुगेर देउवालाई भने- कांग्रेस अधिवेशनमा प्रशासनको दुरुपयोग नहोस्

काठमाडौं । कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

शुक्रबार बिहान नेता पौडेलको नेतृत्वमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न तथा पार्टीको महाधिवेशनमा राज्यको पुलिस प्रशासनको दुरुपयोग हुन नदिन ध्यानाकर्षण गराएका छन् ।

देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच आज वडा तहको अधिवेशन भइरहेको छ । जबकि कांग्रेस जिल्ला समितिले अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो । यही सन्दर्भलाई लिएर पनि पौडेल समूह आज देउवालाई भेट्न बालुवाटार पुगेको हो ।

नेता पौडेलले आफूहरूले सभापति देउवाको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस्, पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं,’ पौडेलले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);