कांग्रेसका नेताहरुद्वारा देउवालाई तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसका नेताहरुद्वारा देउवालाई तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन आग्रह

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेका छन्।

आज विहान दुई पौडेल र कोइरालाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवालाई पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गरेका हुन् । नेताद्वयले प्रचलित विधि र पार्टीको विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पनि देउवालाई दबाब दिए ।

जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने बताए । दुइ नेता भेट्न जाँदा नेता कृष्ण सिटौला र विमलेन्द्र निधि देउवासँगै सहभागि भएका थिए । यसअघि आइतबार कांग्रेस नेता पौडेल निकट केन्द्रीय सदस्यको छुट्टै भेला बैठक महामन्त्री निवास महाराजगंजमा बसेको थियो ।

भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो । पौडेल पक्षीय युवा केन्द्रीय सदस्यहरुले सभापति देउवाले बैठक बोलाउन विलम्ब गरे हस्ताक्षर अभियान चलाउने चेतावनी समेत दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);