कांग्रेसका नेताहरुले तत्काल पार्टीको महासमितिको बैठक बोलाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेसका नेताहरुले तत्काल पार्टीको महासमितिको बैठक बोलाउन माग

congress-pusta

काठमाडौं,१७ पुस ।नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् ।

चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहित सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गर्दै महासमिति बैठक बोलाउन माग गरेका हुन् । बैठक बोलाउन माग गर्ने अन्य युवा नेतामा विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल र बद्री पाण्डे हुनुहुन्छ ।

उहाँहरुले स्वतन्त्र र निश्पक्षरुपमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराएकामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिंदै निर्वाचन परिणाम पार्टीका लागि दुःखद भएको उल्लेख गर्नुभएको छ ।

उहाँहरुले जनताको समर्थन हुँदा हुँदै परिणाम किन पार्टीको विपक्षमा आयो ? नेतृत्व किन समयमै सचेत हुन सकेन ? लगायतका प्रश्न गर्दै तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन माग गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);