कांग्रेसका युवा नेताद्वारा शीघ्र महाधिवेशन बोलाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कांग्रेसका युवा नेताद्वारा शीघ्र महाधिवेशन बोलाउन माग

congress

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका युवा नेताहरुले शीघ्र महाधिवेशन बोलाउन माग गरेका छन् । कांग्रेसका ६ जना युवा नेताले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा शीघ्र महाधिवेशन बोलाउने मागसहित ५० पृष्ठ लामो दस्तावेज पेश गरेका छन् ।

युवा नेताहरुका तर्फबाट गगन थापाले मंगलबारको बैठकमा संयुक्त दस्तावेज पश गरेका हुन् । युवा नेताको समूहमा थापाका अलावा धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदिप पौडेल र बद्री पाण्डे छन् । केन्द्रीय समितिमा पेश गरिएको दस्तावेजमा नियमित प्रक्रियामा जाँदा महाधिवेशन आउन अझै दुई वर्ष बाँकी रहेकाले महासमिति बैठकबाट विधान संशोधन गरी शीघ्र महाधिवेशन बोलाउन माग गरिएको छ ।

प्रस्तावमा सबै किसिमका अतिवादसँगको संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको भन्दै एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको उल्लेख छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);