कांग्रेस युवा नेताहरु विभाजित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कांग्रेस युवा नेताहरु विभाजित

congress offc

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जान नसकेको हो । पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन सुदृढीकरणको पक्षमा उभिएका छन् भने धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

महाधिवेशनका विषयमा सदस्यहरुबीच समान धारणा बन्न नसक्दा केन्द्रीय सदस्य गगन थापासहितले शीघ्र महाधिवेशनको माग गर्दै ५१ पेज लामो धारणा बैठकमा पेश गरेका छन् । अहिलेको विधानअनुसार सात प्रदेश बाहेक केही बनाउन नसकिने जिकिर गर्दै उनीहरुले पार्टीलाई नवजिवन दिनका लागि विधान संशोधन गरेर महाधिवेशनमा जानुपर्ने उल्लेख गरेका छन् ।

सभापति इतरकै नविन्द्रराज जोशी, कल्याण गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाईंसहितका एक दर्जन केन्द्रीय सदस्य भने सीघ्र महाधिवेशनको विपक्षमा उभिएका छन् । सीघ्र महाधिवेशनको सम्भावना नरहेको र पब्लिक खपतका लागि मात्र धारणा बाहिर ल्याउनु उपयुक्त नहुने तर्क गर्दै उनीहरुले तत्काल महासमिति वैठकबाट पार्टी संगठन सुधारको अभियान थाल्नुपर्ने पक्षमा छन् । आजको नागरिक दैनिकको दोस्रो पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);