कांग्रेस बैठक, महाधिवेशन निष्कर्ष संरचनामा अलमल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस बैठक, महाधिवेशन निष्कर्ष संरचनामा अलमल

nepali congress

काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ । कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन्  ।

संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ । तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन् ।

कांग्रेस विधानको धारा ७२ (४) अनुसार पार्टीका रिक्त संगठन अन्तरिम व्यवस्थाअनुसार गठन हुने व्यवस्था छ । यसरी विधानअनुसार रिक्त संरचनालाई पूर्णता दिएर मात्रै कांग्रेस १४ महाधिवेशनमा जान सक्ने देखिएको छ । गत शुक्रबारको बैठकमा समेत पार्टीको रिक्त संरचनाको भर्पाई सहमतिमा गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा नेताहरू विभाजित थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिले महाधिवेशनको मिति तय गरेरै विधि र विधानअनुसार सबै तहको संरचना बनाउनुपर्ने बताए । ‘महाधिवशन गर्ने भनेर घोकेर मात्रै हुँदैन, कहिले गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । त्यसपछि विधि र विधानअनुसार सबै तहको संगठन बनाएर निर्वाचनमा जानुपर्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

उनले महाधिवेशन जपेर मात्रै पार्टी संगठन नबन्ने भन्दै आफूलाई सच्याउने कि अरूलाई झुक्याउने भन्दै नेतृत्वसँग प्रश्नसमेत गरे ।
‘महाधिवेशन त सबैले भनेका छौं । साँच्चै, आफूलाई सच्याउने कि अरूलाई झुक्याउने मात्रै हो ?’ पौडेलले नेतृत्वसँग प्रश्न गरे । कांग्रेसको जारी बैठकमा संस्थापन पक्षीय नेताहरूले भने सहमतिमै रिक्त संरचनालाई पूर्णता दिनुपर्नेमा जोड दिँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);