काँग्रेसको केन्द्रिय समिति बैठकमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काँग्रेसको केन्द्रिय समिति बैठकमा कसले के भने ?

congress meeting

काठमाडौं, ९ चैत । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । निर्वाचनको समिक्षा गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा काँग्रेस केन्द्रिय समिति बैठक सुरु भएको हो ।

बैठकको शुभाम्भ गर्दै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको समग्र विषयमा समिक्षा गर्ने एजेन्डा प्रस्तुत गरेका थिए । निर्वाचनको समग्र विषयमा समिक्षा हुने गरी छलफल अघि बढाउन सभापति देउवाले एजेन्डा पेश गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठक निर्वाचनमा पार्टी पराजय हुनुको कारणको खोजी गर्न केन्द्रित हुने प्रवक्ता शर्माले बताए । पार्टीको भावी कार्यक्रम समेत तय गर्नेगरी बैठकमा सदस्यले छलफललाई अघि बढाउने काँग्रेसले जनाएको छ ।

बैठकमा बोल्दै पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफ्नो धारणा राख्दै पार्टी नेतृत्वकै कारण निर्वाचनमा पराजय व्यहोर्नु परेको आरोप लगाएका छन् । नेताद्वयले पार्टीलाई सशक्त बनाउने गरी बैठकमा लिखित प्रस्ताव पेश गर्न पनि पार्टी सभापति देउवासँग माग गरेको प्रवक्ता शर्माले बताए ।

पूर्व महामन्त्री सिंहले बैठकमा लिखित प्रस्ताव पेश गर्दै तत्काल महासमिति बैठकमा बोलाएर पार्टीलाई सशक्त बनाउन पनि पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेता सिंह र सिटौलाले पार्टी सभापति देउवा नेतृत्वको सरकारको जनविरोधि कामका कारण पनि पार्टीले निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको आरोप लगाएका छन् ।

त्यसैगरी चुनावी गठबन्धन बलियो बनाउन नसक्नु, निर्वाचन परिचालनको नेतृत्व चुस्त नहुँदा पनि पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको नेताद्वय सिंह र सिटौलाको दावी छ ।

बैठकमा नेता डा. नारायण खड्कालगायतका नेताहरुले पनि पार्टीलाई सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केही युवा नेताहरु सभापति देउवाकै कारण पार्टीले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको भन्दै पार्टी नेतृत्व परिवर्तन गर्न माग गर्ने दाउमा छन् ।

यता संस्थापन पक्षले भने बाम गठबन्धनका कारण मात्रै पार्टीले हार व्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवाको बचाउ गर्ने योजना बनाएका छन् । निर्वाचनको समिक्षाका विषयमा दुई भागमा विभाजित पार्टी नेतृत्वबीच पार्टीका भावी रणनीति कस्तो बनाउने भन्ने पनि आ–आफ्नै योजना छ ।

वरिष्ठ नेता पौडेल पक्षले पार्टीलाई सशक्त बनाउन सभापति देउवाले नेतृत्व छाडनुपर्ने दावी गर्दै आएका छन् । त्यसका लागि उनीहरुले तत्काल महासमिति बैठक बोलाउनु पर्ने प्रस्ताव अघि सार्दै आएका छन् । पौडेल पक्षलाई नेता सिटौला पक्षको पनि साथ छ । तर काँग्रेस केन्द्रिय कार्य समिति र संसदीय दलमा देउवाको बहुमत छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);