माघ ४ गते कांग्रेसकाे केन्द्रिय समिति बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

माघ ४ गते कांग्रेसकाे केन्द्रिय समिति बैठक बस्ने

 विक्रम श्रेष्ठ

काठमाडौं, २ माघ । नेपाली कांगेसले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि हारको समिक्षा गर्न कांग्रेसले माघ ४ गते का लागि केन्द्रिय समिति बैठक बोलाएको हो ।

केन्द्रिय समिति बैठक बोलाउन नेता रामचन्द्र पौडेल समुहले दवाव दिएपछि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताको बैठकले केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको हो । यसअघि युवा नेताहरुले पनि केन्द्रिय समिति र महासमिति बैठक बोलाउन सभापतिलाई दवाव दिएका थिए ।

निर्वाचन परिणामलाई लिएर केन्द्रीय समिति बैठकसँगै महासमिति बैठक बोलाउन जोडतोडकासाथ माग उठेका बेला नेता रामचन्द्र पौडेल पक्षले पार्टी नेतृत्व असफल भएको आरोपसमेत लगाउँदै आएको छ ।

अन्य दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्न तत्कालै बैठक राखे पनि कांग्रेस सभापति देउवाले भने आलटाल गर्दै आएका थिए । निर्वाचनमा प्रत्यक्षतर्फ लज्जास्पद हार बेहोरेपछि पार्टी भित्र निर्वाचन परिणामको समिक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउन दाबाब सृजना भएको थियो ।

आगामी ४ गतेका लागि तोकिएको बैठकमा मुलतः निर्वाचनमा बेहोरेको हारका बारेमा समिक्षा हुनेछ । हारको पछाडी पार्टी नेतृत्वको असक्षमता नै मुख्य कारण रहेको भन्दै गगन थापासहित सात युवा नेताहरुले संयुक्त विज्ञप्ती नै जारी गरेका थिए । यसबीचमा संस्थापन पक्षप्रति दृष्टीकोण तयार पार्न नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको कोठे बैठकहरुसमेत भइरहेको छ ।

निर्वाचन परिणामलाई पार्टी सञ्चालन क्षमतासँग जोड्दै असन्तुष्ट पक्षले विशेष महाधिवेशनको माग समेत गरेका छन् । त्यसो त केन्द्रीय समिति बैठकमा पनि यही विषयले प्राथमिता पाउने भएपछि सभापति देउवाले बैठक राख्न आनाकानी गरेको असन्तुष्ट नेताहरुको आरोप छ।

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न नसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा समक्ष पार्टी भित्र असन्तुष्टि चुलिदै जाँदा थप दबाबमा परेका छन् । संस्थापन पक्ष सकेसम्म असन्तुष्ट पक्षको आवाजलाई केन्द्रीय समिति बैठकमै सिमित पार्ने योजनामा देखिन्छ ।

निर्वाचन परिणाम यता असन्तुष्ट पक्षको गतिविधि हेर्ने हो भने केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्वप्रति ठुलो आक्रोश व्यक्त हुने देखिन्छ । त्यस्तो अवस्थामा संस्थापन पक्षका केन्द्रीय सदस्यहरु पार्टी नेतृत्वको बचाउमा लाग्नेछन् । सामान्यतया निर्वाचनको परिणाम पछि पार्टीको समिक्षा बैठक बस्ने चलन छ ।

दबाबकै बीच बोलाइएको भएपनि कांग्रेसको यो नियमित बैठक नै हो । यद्यपी केन्द्रीय समिति बैठकमा पार्टीभित्रको गुट उपगुटको आरोप प्रत्यारोपले ठुलै स्थान पाउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);