नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

काठमाडौं, २ माघ । नेपाली कांग्रेसले बिहिबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।उक्त  बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको हारको समिक्षा गर्ने छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि हारको समिक्षा गर्न कांग्रेसले माघ ४ गते का लागि केन्द्रिय समिति बैठक बोलाएको हो । केन्द्रिय समिति बैठक बोलाउन नेता रामचनद्र पौडेल समुहले दवाव दिएपछि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेताको बैठकले केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको हो । यसअघि युवा नेताहरुले पनि केन्द्रिय समिति र महासमिति बैठक बोलाउन सभापतिलाई दवाव दिएका थिए । केन्द्रिय समिति बैठक माघ ४ गते विहान ११ बजेको लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);