एमालेद्वारा असोज ६ देखि ८ गतेसम्म केन्द्रिय कमिटी बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८०, आइतबार

काठमाडौ, ३० भदौ । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको रणनीति बनाउन आगामी असोज ६, ७ र ८ गते केन्द्रिय कमिटीकाे बैठक आह्वान गरेको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको रणनीति तय गर्न पार्टी केन्द्रिय समितिको बैठक बोलाएको हो ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्न केन्द्रिय समिति बैठक बोलाइएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

उनले बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा हुने एजेन्डा तय गरिएको पनि स्पष्ट पारे । बैठकमा सरकारको काम कार्वाहीको पनि समिक्षा हुने सचिव ज्ञवालीले बताए ।

केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामको समेत समिक्षा गरिने उनले बताए । बैठक काठमाडौंमा हुनेछ ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने दावी गर्दै आएको छ । आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।