एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : पोखरेल

लहान, ३० भदौ । एमालेका महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उक्त सभामा बोल्दै नेता पोखरेलले भने “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जस्तोसुकै बल प्रयोग गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट कसैले रोक्न सक्दैन । ”

एमाले मधेशका जनताको माया र ममताले हुर्किएका पार्टी हो, त्यसैले पनि एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो शक्ति बनाउने छन् उनले भने ।

सो कार्यक्रममा बोल्दै एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले काँग्रेस, माओवादीको चुनावी एजेण्डालाई २ नं प्रदेशका जनताले अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);