नेता नेपालले भने –आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर बस्न सकिन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

नेता नेपालले भने –आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर बस्न सकिन्न

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर बस्न नसक्ने बताएका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले आफूलले बनाएको घर कसैले छाड्न नचाहे पनि अपमान सहेर नबस्ने कुरा उल्लेख गरेका हुन् । उनले भने–‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ। एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ । नेतृत्व सुध्रिने चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न ।’

साथै नेता नेपालले पार्टीमा भएको कमी कमजोरी हटाएर शुद्धीकरण गरी पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् । उनले नयाँ समाज निर्माण गर्ने सोचबाट अघि बढ्नु पर्ने समेत बताएका छन् ।

त्यसैगरी नेता नेपालले आफूविरुद्ध पार्टी भित्रैबाट भईरहेका प्रदर्शनलाई नाटकको संज्ञा दिएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बरण्डामा बसेर गरेको आलोचनाको समेत सामन्ती शोषक भन्दै टिप्पणी गरेका छन् । उनले भने–‘अपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरुले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भईरहेको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);