मन्त्रिपरिषद् विस्तारका विषयमा २२-२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन : माधवकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

मन्त्रिपरिषद् विस्तारका विषयमा २२-२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन : माधवकुमार नेपाल

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए ।

बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए । सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२-२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए ।

सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रीपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२-२३ गतेसम्म त कसैले पनि चुईक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे । केपी ओली र उनका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहो¥याए । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए ।

नेता नेपालले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);