मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटरमा देउवा, दाहाल र नेपालको भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटरमा देउवा, दाहाल र नेपालको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा ३ शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा केन्द्रीत भएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनको सरकार बनेको डेढ महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छन् ।

गएको असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएसँगै उनीसँगै सपथ लिएका ४ मन्त्री र पछि नियुक्त गरिएका एक राज्यमन्त्री मात्र हाल मन्त्रिमण्डलमा रहेका छन् ।

प्रधानमन्त्री बनेको डेढ महिना भईसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि देउवाको आचोचना हुँदै आईरहेको छ ।

माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गराएसँगै मन्त्रिमण्डल विस्तारका लागि शीर्ष नेताहरु भेटवार्तामा जुटेका हुन् ।

यता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पनि आधिकारिकता पाएपछि सरकारमा जान बाटो खुला भईसकेको छ । अध्यक्ष यादवले केही दिन मै सरकारमा सहभागी हुने पनि बताईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);