मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र दाहालबीच मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफलका लागि भेटवार्ता भएको हो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको गठबन्धनको सरकरले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छ्रन । यसैसम्बन्धमा क–कसलाई मन्त्री बनाउने भन्ने विषयका उनीहरुबीच छलफल भईरहेको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन तथा पार्टीहरु पटकपटक बैठक बसिरहेका छन् तर पनि ठोस निर्णय भने हुन सकेको छैनन । हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ६सदस्य रहेका छन् ।

गहृमन्त्री बालकृष्ण खाँण, कानून मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्रिपरिषद्मा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);