जसपाको संसदीय दलको बैठक सुरु, संसदीय दलको नेता छान्ने मुख्य एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जसपाको संसदीय दलको बैठक सुरु, संसदीय दलको नेता छान्ने मुख्य एजेन्डा

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेता चयन गरिने भएको छ ।

सुरुमा सर्वसहमतिले दलको नेता चयनको प्रयास गर्ने र सहमति नजुटे निर्वाचन मार्फत दलको नेता चयन गर्ने तयारी गरिएको छ । दलको बैठकमा २१ संघीय संसदको उपस्थिति रहेको छ ।

साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिए पछि यो पक्षलाई पार्टीको संसदीय दलको नेता चयनका लागि बाटो खुलेको हो ।

यसअघि अर्का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय नेताहरुसँग बैठक बसेर नेता उपेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । तर यादव पक्षले पार्टीको विधान नै पारित नगर एकतर्फी रुपमा संसदीय दलको नेता चयन गरेको भन्दै विरोध गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);