जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिबार सिहंदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको हो ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको थियो ।

साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिए पछि यो पक्षलाई पार्टीको संसदीय दलको नेता चयनका लागि बाटो खुलेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);