माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि कुनै ठाउँ नभएको उद्घोष गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाल जस्तो आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका हुन् ।

ओलीले भने–‘‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै पनि ठाउँ छैन । वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने । आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’

माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमाले सरकार ढालेको उनले आरोप लगाए ।

त्यसैगरी अध्यक्ष ओलीले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने जिकिर गरे । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो अाउँदैन, आउँदैन । समय कुर्दैन’

यसका साथै अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याएने दाबी समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);