नेपाल पक्ष बैठकको निर्णय : पार्टी एकतालाई जोड दिने, तत्काल सरकारमा सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

नेपाल पक्ष बैठकको निर्णय : पार्टी एकतालाई जोड दिने, तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफूहरु एकताको पक्षमा रहेको बताएका छन् ।

आफू पक्षीय केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले आफू पार्टी एकता कै पक्षमा रहेको बताएका हुन् ।

बिहीबारबाट जारी बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको सुझाव तथा ब्रिफिङपछि नेपाल पक्षमा यस्तो निर्णयमा पुगेको हो । पार्टी अध्यक्ष ओलीले भने नेता नेपाललाई गद्दार, देशद्रोही भन्दै पार्टीमा उनका लागि कुनै ठाउँ नभएको बताएका थिए ।

आजको बैठकले चार वटा निर्णयहरु गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

साथै बैठकले एमालेभित्रको समस्या समाधानका लागि गठित कार्यदलको १० बुँदे सहमतिलाई आधार बनाएर पार्टी एकतामा लाग्ने पनि निष्कर्ष निकालेको छ ।

बैठकले प्रतिनिधिसभा विघटन गलत भएको र त्यसलाई पुनस्थापना गर्ने सर्वोच्चको निर्णयको स्वागत गरेको छ । यस्तै बैठकले एकताका लागि १० बुँदे सहमति भईसकेको अवस्थामा लाञ्छना लगाउन काम गरेकोमा ध्यानाकर्षण गराउने र पार्टी एकताको प्रयास भईरहँदा सदस्यता नवीकरण, अधिवेशन लगायतका संगठनात्मक काम रोक्नुपर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले तत्कालका लागि आफूहरुको पक्ष सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);