केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन गौतम बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन गौतम बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पार्टीको कन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार गएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन गौतम बालुवाटार प्रस्थान गरेको उनका छोरा हरिशले जानकारी दिएका छन् ।

हरिशले उनलाई उपाध्यक्षका हैसियतले बैठकमा सहभागी हुन बोलाइएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै गौतम बालुवाटार प्रस्थान गरेको जानकारी गराएका हुन् । एमालेमा देखिएको विवादलाई मिलाएर पार्टी एकता कायम गर्ने पक्षमा उभिँदै आएका गौतमले गएको जेठ २ मा कायम स्थायी कमिटीको बैठक डाक्न अध्यक्ष ओलीलाइ आग्रह गरेका थिए ।

आजको बैठकमा नेता माधव कुमार नेपाल पक्ष सहभागी नहुने बताएका छन् । नेपाल पक्षका नेताहरुले बिहीबार बेलुका नै आजको बैठकमा नजाने निर्णय गरेका थिए ।

बैठकमा सहभागी हुन अध्यक्ष ओलीले गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गरेका छन्।

एमालेका दोश्रो तहका नेताहरुले भने एकता कायमका लागि छलफलमा लागि परेका थिए । तर ओली पक्षका नेताहरुले नेपाल पक्षलाई बैठकमा सहभागी गराउन कोशिस गरेपनि सफल भने हुन सकेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);