पार्टी विवादमा म तटस्थ छु : उपाध्यक्ष बामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टी विवादमा म तटस्थ छु : उपाध्यक्ष बामदेव गौतम

काठमाडौँ । एमालेका उपाध्यक्ष एवंम राष्ट्रियसभा सदस्य बामदेव गौतमले पार्टी विवादमा आफू तटस्थ रहेको बताएका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पार्टी विवादका सम्बन्धमा आफू तटस्थ रहेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले हाल सम्म आफूले पार्टीका दुवै पक्षका नेताहरुलाई पार्टी एकता गर्नुपर्नेमा जोड मात्र दिएको तर कुनै पक्षधर नलिएको स्पष्ट पारेका हुन्। राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था कायम गर्नुपर्ने माग गरेका छन् । उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताए ।

त्यस्तै उनले गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन गराएर नेकपा माओवादी केन्द्र र नेकपा व्युतिएको अवस्थामा आफुले नेकपा एमाले रोजेर बैठकमा उपस्थिति भएको पनि उल्लेख गरका छन्। पार्टी अध्यक्ष ओलीले ०७५ साल जेठ २ गतेको अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाएपछि आफू बैठकमा सहभागी भएको समेत स्पष्ट पारेका छन् ।

आफू केपी ओली तर्फ गएको भन्ने हल्ला भएको भन्दै उनले आफू केपी ओलीतिर नभई एमाले भएको प्रमाण पेश गर्न बैठकमा गएको समेत स्पष्ट पारेका छन् । राष्ट्रिय सभा सदस्य गौतमले सत्तारुढ नेकपा एमालले गरेको अराजनीतिक क्रियाकलाप, संविधान र ऐन, नियमहरु कुल्चने क्रियाकलापले नेपाली जनताको शिर निहुँराउने अवस्था भएको पनि टिप्पणी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);