अध्यक्ष ओलीलाई बामदेवको प्रस्तावः जेठ २ को स्थायी कमिटी बैठक बोलाऔं | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अध्यक्ष ओलीलाई बामदेवको प्रस्तावः जेठ २ को स्थायी कमिटी बैठक बोलाऔं

bamdev

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले २०७५ जेठ २ गते कायम रहेको स्थायी कमिटीको बैठक बोलाउन जोड दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको स्थायी कमिटी बैठक बोलाउन प्रस्ताव गरेका हुन।

उपाध्यक्ष गौतमले पार्टी अध्यक्ष ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको छ । विज्ञप्तिमा अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने उल्लेख गरेका छन् ।

उपाध्यक्ष गौतमले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने तर्क गरेका छन् । त्यस्तै जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न पनि सकिन्छ भन्ने हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);