एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री  एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका छन् ।

प्रस्तावको पहिलो बुँदामा उनलेे  ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’ राखेका छन् ।

त्यसैगरी पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर कृयाशील हुने पनि प्रस्तावमा उल्लेख गरिएको छ ।साथै ओलीले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त समेत राखेका छन् ।

“आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाछ हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।”

यसअघि नेपाल खनाल पक्षले पार्टी जेठ ३ मा फर्किनु पर्ने अडान लिदै आएको थियो ।

प्रधानमन्त्री ओलीको यस कदमले उत्कर्समा पुगेको पार्टीको विवादलाई केही हदसम्म शान्त पार्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);