नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठक जारी

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक जारी रहेको छ ।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको निर्णयहरुमा छलफल हुने बताइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी खारेज गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एमालेलाई २०७५ जेठ २ मा फर्कीने निर्णय गरेका थिए । यद्यपी नेपाल पक्षले यस निर्णयमा पनि सकरात्मक प्रतिक्रिया भने दिएका छैनन् ।

२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने काम मात्र भएको उनीहरुको आरोप छ ।

अहिले जारी बैठकमा ओली पक्षसँग छलफलमा लागेका दोश्रो तहका नेताहरुले ब्रिफिङ गरिने पनि बताइएको छ । नेपाल पक्षका सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल र गोकर्ण विष्ट ओली पक्षका नेताहरुसँग छलफलमा रहेका छन् । उनीहरुबीच आज बिहान पनि र बुधबार राति पनि छलफल भएको थियो ।

ओली पक्षले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक पनि बोलएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरु भने जाने नजाने टुंगो लागेको छैन । ओली पक्षका नेताहरुले शुक्रबार बोलाईएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् भने नेपाल पक्षले भने शुक्रबारको बैठक सार्न प्रस्ताव गरेको बताइएको छ ।

यद्यपी बैठकले कुनै ठोस निर्णय भने लिन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);