पार्टी एकताको कसरतमा एमाले दोश्रो तहका नेताहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पार्टी एकताको कसरतमा एमाले दोश्रो तहका नेताहरु

काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधान गरी पार्टी एकता जोगाउन सक्रिय भएका दोश्रो तहका नेताहरु आज पनि बैठक बसेका छन् ।

ललितपुरस्थित एक होटलमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सुवास चन्द्र नेम्वाङ सहभागी थिए ।

नेता माधवकुमार नेपाल पक्षबाट भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी भएका थिए ।

पार्टीका शीर्ष नेताहरुमा विवाद तथा आरोप प्रत्यारोप बढी रहेका बेला दोश्रो तहका नेताहरु भने पार्टी एकता कायमका लागि दौडधुपमा लागेका छन् । बुधबार राति पनि यो समूहको बैठक बसेको थियो ।

बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटी भंग गरी २०७५ जेठ २ कै अवस्थामा फर्किने निर्णय गरेको थियो । तर नेपाल पक्षले भने यो कदमलाई षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

आज बसेको बैठक ओली पक्षका नेताहरुले शुक्रबार बोलाईएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् भने नेपाल पक्षले भने शुक्रबारको बैठक सार्न प्रस्ताव गरेको बताइएको छ । यद्यपी बैठकले कुनै ठोस निर्णय भने लिन सकेको छैन ।

बिहान बसेको बैठकले शीर्ष नेताहरुसँग छलफल गरी बिहीबार बेलुका पुनः बस्ने सहमति भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);