नेकपामा विवाद र ध्रुवीकरण बढ्यो, आज पार्टी सचिवालय बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपामा विवाद र ध्रुवीकरण बढ्यो, आज पार्टी सचिवालय बैठक बस्ने

madhav

काठमाडौं, १६ वैशाख । नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी छलफलमा अनौपचारिक कुराकानी भएको तर कुनै निर्णय नभएको बताइएको छ । मंगलबार (आज)पार्टी सचिवालय बैठक बस्ने बताइएको छ । छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुनुहुन्थ्यो । अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीचको छलफल तिब्र भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफललगत्तै ओली र नेपाल समूहका दोस्रो तहका नेताहरु नेता नेपालको कोटेश्वरस्थित घरमा छलफलमा जुटेका हुन । सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल र अर्का बरिष्ठ नेता झलनाथ खनालबीच खुमलटारमा छलफल भएको थियो । छलफलमा पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे कुराकानी भएको जनाइएको छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);