एमाले एकताका लागि दोश्रो तहका नेताहरुको प्रयास जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले एकताका लागि दोश्रो तहका नेताहरुको प्रयास जारी

ललितपुर । नेकपा एमालेमा देखिएको विवाद समाधान गरी पार्टी एकता जोगाउन सक्रिय भएका दोश्रो तहका नेताहरुको छलफल सकिएको छ । आज पनि बैठक बसेका छन् ।

शनिबार ललितपुरमा बसेको बैठकमा नेपाल पक्षका नेताहरुले पार्टी एकताको प्रयास भईरहेको बेला केन्द्रीय कमिटीको बैठक नगर्न सुझाव दिएका छन् ।

शनिबार ललितपुरमा भएको छलफलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सुवास चन्द्र नेम्वाङ सहभागी थिए ।

नेता माधवकुमार नेपाल पक्षबाट भने घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी भएका थिए । यो समूहले गएको बुधबार र बिहीबार पनि छलफल गरेको थियो । उनीहरुले पार्टी एकताका लागि छलफल बाक्लो बनाएका छन् ।

एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबारबाट जारी रहेको छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरिएको रिटमा गरिएको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो ।

नेपाल पक्षका नेताहरुले भने आजको छलफलमा हस्ताक्षर फिर्ता लिने विषयमा केही कुरा नभएको जानकारी दिएका छन् । यद्यपी हस्ताक्षर फिर्ता भने नहुने उनीहरुको अडान छ ।

पार्टी अध्यक्ष ओलीले भने हस्ताक्षर फिर्ता भए मात्र पार्टी एकता सम्भव भएको बताईसकेका छन् ।

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);