एमालेको केन्द्रीय कमिटीको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी सदस्यता नवीकरण, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार बसेको बैठकले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । बैठकले नेता नेपाल र झलनाथ खनालसहितका २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता गरेर पार्टी पक्षमा उभिन निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन एमालेको निर्देशन

शुक्रबार सुरु भएको बैठक स्थगित भएपछि शनिबार पनि जारी रहेको हो । आजको बैठकमा पनि नेपाल पक्ष भने सहभागी भएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);