एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्न लागेको बैठकमा नेता माधव कुमार नेपाल पक्ष सहभागी नहुने बताइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शनिबार बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायतका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

यसअघि शुक्रबार बसेको बैठकले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले नेता नेपाल र झलनाथ खनालसहितका २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता गरेर पार्टी पक्षमा उभिन निर्देशन दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);