बैशाख मसान्तभित्र एमालेको १० औं महाधिवेशन गर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैशाख मसान्तभित्र एमालेको १० औं महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख मसान्तभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीका महासचिव ईश्वर पोखरेलले २०७९ को बैशाख ३० गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् । यसअघि एमालेले मंसिर २ देखि ६गतेसम्म महाधिवेशन गर्ने भनिएको थियो ।

पोखरेलले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउने, पार्र्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने लगायतका प्रस्ताव आजको बैठकमा पेश गरेका छन् ।

यसका साथै भदौ ५ गते वडा अधिवेशन सुरु गर्ने, १५ गते पालिकाको अधिवेशन गर्ने ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ ।

पोखरेलले प्रस्ताव पेश गर्दै आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशन गर्नुपर्ने धारणा समेत राखेका थिए ।

यसअघि शुक्रबार बसेको बैठकले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले नेता नेपाल र झलनाथ खनालसहितका २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता गरेर पार्टी पक्षमा उभिन निर्देशन दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);