नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

congress metting

काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रिय  सदस्य खुमबहादुर खड्काको निधनका कारण स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

खड्काको गत चैत १६ गते निधन भएको थियो । पार्टी मुख्यालयमा बस्ने बैठकमा बोल्न बाँकी सदस्यहरुले आ आफ्नो धारणा राख्ने कार्यक्रम छ । यस अघिको बैठकमा अहिलेसम्म ४२ जना सदस्यले धारणा राखिसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा पदाधिकारी मनोनयनको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।

महाधिवेशन सम्पन्न भएको दुई वर्ष वित्दा पनि कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेको छैन् । कांग्रेसको असन्तुष्ट पक्षले देउवामाथि विधान अनुसार काम गर्नुको साटो गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);