नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

१४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुनसक्ने नेताहरुले जनाएका छन् ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन हुने संभावना टर्दै गएको छ । यसैबीच आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी समेत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);