कांग्रेसमा सबै तहका समिति विघटन गरी महाधिवेशन गर्नुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसमा सबै तहका समिति विघटन गरी महाधिवेशन गर्नुपर्ने माग

nepali congress

काठमाडौं, १० बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा सबै तहका समिति विघटन गरी ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने माग उठेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा व्यहोर्नुपरेको पराजयलाई लिएर पार्टीका सबै तहका समिति विघटन गरी ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने माग उठेको हो ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा तीन साता स्थगित भइ आइतबार सुरु भएको बैठकमा केन्द्रीय समितिले मात्र निर्वाचनमा भएको पराजयको समीक्षा गर्न नसक्ने भन्दै महाधिवेशनको माग गरिएको हो । केन्द्रीय सदस्य कुलबहादुर गुरुङले जिल्ला, नगर र गाउँको संरचनामा परिवर्तन भएकाले सवै तहका समितिहरुलाई विघटन गरी ६ महिनाभित्र सबै तहको महाधिवेशन गरिनुपर्ने बताए ।

उनले निर्वाचनमा व्यहोरेको हारको जिम्मा पार्टीको नेतृत्व, केन्द्रीय समिति र टिकट वितरणमा संलग्न संसदीय समितिले लिनुपर्ने बताए । चार पृष्ठ लामो चार बुँदाको लिखित मन्तव्य पेश गर्दै गुरुङले देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा पनि गरे । सभापति देउवाले गुटलाई संरक्षण गरेको, सिद्धान्त र मूल्य मान्यतालाई बेवास्ता गरेको गुरुङको आरोप छ । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले बैठक आज पनि बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);