काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सकिने

congress offc

काठमाडौं, १० वैशाख । एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिएका छन् ।

निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको सोमबारको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउन नेतृत्वसँग आग्रह गरेका थिए ।

बैठकको सुरुमै बोल्दै नेताहरु आनन्द विष्ट, अम्विका बस्नेत, ध्यानगोविन्द रञ्जितकार, मानबहादुर विश्वकर्माले बदलिँदो परिवेश अनुसार पार्टीलाई अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । निर्वाचनमा केन्द्रित भएरै सदस्यहरुले आ–आफ्नो धारणा राख्ने काम जारी रहेको पनि प्रवक्ता शर्माले बताए । केन्द्रिय सदस्यहरुले भोलीसम्म बोलिसक्ने गरी बैठकलाई अघि बढाइएको उनले बताए ।

गत चैत्र ९ गते चुनावको समिक्षा गर्ने मूल एजन्डासहित सुरु भएको काँग्रेस केन्द्रिय कार्य समितिको बैठक पार्टी नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो । त्यसपछि आईतबारबाट पुनः सूरु भएको बैठकमा काँग्रेस नेताहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रवक्ता शर्माले बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको बताए । केन्द्रिय कार्य समितिको बैठकले पार्टी एकताको सन्देश दिने उनको दावी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);