प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको कांग्रेस प्रवक्ताको स्पष्टोक्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको कांग्रेस प्रवक्ताको स्पष्टोक्ती

काठमाडौं, ३० पुस । सत्तारुढ नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले आधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको स्पष्टोक्ति दिएका छन् । आईतबार काठमाडाैँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनमत अनुसार नयाँ सरकार गठन गर्न वाम गठबन्धनलाई शुभकामना दिए । प्रवक्ता शर्माले वाम गठबन्धन फुटाउन आफ्नो पार्टी लागि परेको भनेर आरोप नलगाउन पनि वाम गठबन्धनका नेताहरुलाई सुझाव दिए ।

निर्वाचनको समिक्षा गर्न केही दिन भित्रै पार्टी केन्द्रिय कार्य समितिको बैठक बस्ने

प्रवक्ता शर्माले निर्वाचनको समिक्षाका लागि केही दिन भित्रै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी गराए । उनले पार्टीलाई अघि बढाउन चाँडै केन्द्रिय कार्य समिति बैठक बस्ने र त्यसले निर्वाचनको समिक्षा गर्ने स्पष्ट पारे ।

प्रवक्ता शर्माले पार्टीको नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले गर्ने तर्क पेश गरे । ७० वर्ष उमेर पुगेका नेताहरुलाई नेतृत्वमा राख्न नहुने पार्टी भित्रैबाट दवाव आईरहेका बेला उनले नेतृत्व ‘एज’ले नभई ‘एजेन्डा’ले तय गर्ने बताए ।

प्रवक्ता शर्माले पार्टी केन्द्रिय समितिको बैठकले महासमिति बैठक बोलाउने र त्यसले पार्टीको समग्र क्षेत्रको पुनर्संरचना गर्ने योजना पनि अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);