अव बन्ने प्रधानमन्त्रीले पाँच वर्ष मुलुक संचालन गर्ने शाहीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अव बन्ने प्रधानमन्त्रीले पाँच वर्ष मुलुक संचालन गर्ने शाहीकाे दाबी

काठमाडौं, ३० पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले अव बन्ने प्रधानमन्त्रीले पाँच वर्ष मुलुक संचालन गर्ने दावी गरेका छन् ।

नेता शाहीले वाम गठबन्धनका नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये ५ वर्षसम्म एक जनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिनुपर्ने प्रस्ताव पनि अघि सारेको उनले बताए ।

आईतबार भक्तपुरमा आयोजित साक्षात्कार कायक्रममा बोल्दै उनले मुलुकलाई राजनीतिक स्थायित्व दिन वाम गठबन्धनबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएकाले सोही अनुसार अघि बढ्न एमाले र माओवादी केन्द्र प्रतिवद्ध रहेको स्पष्ट पारे ।

नेता शाहीले जनताले राजनीतिक स्थिरता र विकासका लागि वाम गठबन्धनलाई जनताले चुनावमा बहुमत दिएको बताए । नेता शाहीले मुलुकलाई आत्मनिर्भर हुन नदिन अन्तराष्ट्रिय शक्ति केन्द्रहरु लागि परेको आरोप समेत लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);