एमाले–माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुन्छ : शाही | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

एमाले–माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुन्छ : शाही

काठमाडौं, ११ पुस ।  माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले वाम गठबन्धन केबल चुनावी तालमेलको लागिमात्रै नभएकोले एमाले–माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुने विश्वास व्यक्त गरेका छन्।

शाहीले एकताबाट कोही पनि भाग्न नमिल्ने बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘दुई पार्टीबीच एकता हुन्छ । यसमा कुनै दुई मत छैन । एकताको लागि अहिले व्यापक छलफल भैरहेको छ । हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं।’ एकतापछिको पार्टीको अध्यक्ष को बन्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।

उनले अबको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्न सक्ने संभावना रहेको बताए । उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जना प्रधानमन्त्री बन्नुहुन्छ । अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्री बन्ने ठूलो संभावना छ।’

कालिकोट प्रदेश सभा ‘ख’ बाट विजयी सांसद रहेका मन्त्री शाहीले राष्ट्रिय सभासम्बन्धी अध्यादेशको विवाद छिट्टै टुँग्गिने विश्वास व्यक्त गरे । उनले भने,‘एकल संक्रमणीय वा बहुमतीय भन्ने विवाद छ, अब हामी वीचको बाटो अपनाएर समाधान निकाल्छौं, यो विवाद चाँडै हल हुन्छ।’

उनले आफू प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको लागि योग्य उम्मेद्धवार भएको भन्दै यसमा आफ्नो दाबी हुनु स्वभाविक रहेको टिप्पणी गरे । उनले भने,‘अब हेरौं के हुन्छ, वाम गठबन्धनमा यसबारेमा छलफल जारी छ । म पनि संभावना भएको योग्य र सक्षम उम्मेद्धवार हुँ भन्ने मेरो दाबी छ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);