अब पाँच वर्ष टिक्ने सरकार बन्दैछ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अब पाँच वर्ष टिक्ने सरकार बन्दैछ : प्रचण्ड

ललितपुर, १६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचन पछि देशमा पाँच वर्ष टिक्ने सरकार बन्ने ठोकुवा गरेका छन् । वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल नभइ एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित पार्टी एकता गर्ने हिसाबको चुनावी तालमेल भएको उनले स्पष्ट पारे ।

चुनावी व्यस्तताको कारणले मात्रै तत्काल दुई पार्टीबीच एकता हुन नसकेको हो, उनले भने ‘पार्टी एकता संयोजन समिति गठन भएको छ । पहिला पार्टी एकता संयोजन समिति बनेर मात्रै तालमेलको कुरा अगाडि बढेको हो । निर्वाचन सकिएपछि पार्टी एकता हुन्छ ।’

नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउँदा नेपाली काँग्रेसले अनावश्यक प्रचार गरेको प्रति उनले आक्रोश व्यक्त गरे ।

ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले पहिलो कार्यसूचीमा राख्ने प्रचण्डले आश्वासन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);