तेह्रथुममा उम्मेदवारलाई लक्षित गरि बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

तेह्रथुम, १३ मंसिर। वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा आज बम विस्फोट भएको छ ।

एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।

तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा भएको सो विस्फोटमा परी मे १ ज २०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल छन्। घटनाबारे थप छानबिन भइरहेको बताइएको छ।

 

ताजा समाचार