ओखलढुंगामा चुनावी सभामा जाँदै गरेको बसमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली काँग्रेसको कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट भएको छ। सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ। विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो।

ताजा समाचार