प्रचण्डले भाषण सक्नासाथ बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कपिलवस्तु, १६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभालाई लक्षित गरेर आज कपिलवस्तुमा बम विष्फोट भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट भएको हो । विष्फोटको आवाजसँगै सर्वसाधारणको भागाभाग भएको थियो ।

वाम गठबन्धनले आज पकडीमा चुनावी सभाको आयोजना गरेको थियो । सो सभालाई सम्बोधन गर्न प्रचण्ड पकडी पुगेका थिए । अध्यक्ष प्रचण्डले सम्बोधन टुँग्याए लगत्तै ठूलो आवाजका साथ विस्फोट भएको थियो ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रचण्डले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई अहिले नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);