कांग्रेसको चुनावी सभालाई लक्षित गरेर दाङको तुल्सीपुरमा बम विष्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा परी ८ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हाे ।

घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बम विष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । एकजना अपरिचित व्यक्तिले सडकमा बम फ्यालेर भागेको केही क्षण मै बम विष्फोट भएको थियो ।

नेपाली कांग्रेस दाङले तुलसीपुरमा चुनावी सभा गरेको थियो । उक्त सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका छन् ।  कांग्रेसले अायाेजना गरेको सभास्थलबाट करिब २०० मिटर टाढा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);