दाङको बम विस्फोटमा परेका म्यादी प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दाङ, १३ मंसिर । दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ। म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार नचिनेका मानिसको समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);