ललितपुर ३ : को हुन् पम्फा भूसाल र मदन अमात्यलाई टक्कर दिने डिबी लिम्बु ? | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

काठमाडौँ, १३ मंसिर । प्रतिनिधिसभा अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी भिड्न्त रोचक देखिने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसाल, नेपाली काँग्रेसबाट मदनबहादुर अमात्य र नयाँ शक्ति पार्टी नेपालबाट डिबी लिम्बु चुनावी मैदानमा उत्रिएका छन्।

काँग्रेसबाट उम्मेद्वारी दिएका अमात्य दोस्रो संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित भएका सांसद् भने माओवादी केन्द्रकी उम्मेद्वार भुसाल माओवादी प्रवक्ता हुन्। त्यस्तै नयाँ शक्ति पार्टीका उम्मेद्वार लिम्बु पर्यटन व्ययसायी तथा समाज सेवी हुन्। पर्यटन व्यवसायी र समाज सेवी भएकाले उनी स्वच्छ छवी भएका व्यक्तिका रुपमा चिनिन्छन्।

क्षेत्र नम्बर ३ मा २० वडा छन्। ती मध्ये आधा भन्दा बढी वडामा लिम्बुको राम्रो पकड छ। राजनीतिक रुपमा भन्दा बढी उनी समाज सेवीका रुपमा परिचित छन्। निस्पक्ष रुपमा गरेको समाज सेवालाई जनताले मुल्यांकन गरेर भोट दिनेमा उनी ढुक्क छन्।

समाज सेवी, स्वच्छ छवी र असल व्यक्तित्वका कारण उनले मतदाताको मन जितिरहेका छन्। चिर्वाचन जितिसकेपछि निशुल्क काम गर्ने र सरकारले दिएको सेवा सुविधालाई स्थानीय विकासका लागि खर्च गर्ने उनको पहिलो एजेण्डा छ। त्यस्तै दुषित खानेपानी, धुलो(धुवाँ, फोहोर व्यवस्थापन हुन नसक्नु अहिलेको मुख्य समस्या भएको भन्दै त्यसको व्यवस्थापन गरेर सुन्दर र स्वच्छ सहर बनाउने लिम्बुको मुख्य एजेण्डाभित्र पर्दछ।

खानेपानीको समस्या र धुलोधुवाँबाट आजित बनेका ललितपुरबासीलाई लिम्बुका चुनावी एजेण्डाले ध्यान तानेको छ। त्यसैले समसामायिक चुनावी एजेण्डा, स्वच्छ छवी र समाजसेवी भएका कारण लिम्बुले आगामी निर्वाचनमा वाम गठबन्धनकी भूसाल र काँग्रेसका अमात्यलाई चुनौती थपिदिएका छन्।

को हुन् अमात्य र भूसाललाई चुनौती दिन आएका लिम्बु ?
वि।स। २०१८ श्रावणमा धरानमा जन्मिएका लिम्बु ६ जना सन्तानमध्ये माइलो सन्तान हुन्। उनको बाल्यकाल मध्य वर्गीय परिवारमा बित्यो । स्थानिय बिद्यालय निकेतन मा।वि।बाट औपचारिक शिक्षाको सुरुवात गरेका लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्रिर्ण गरे। त्यस लगत्तै उनी ब्रिटीस आर्मीमा जागिर खान हङकङ गए। उनले हङकङमा १४ वर्ष बताए। २०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाएका लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गरे। त्यस हुँदा उनलाई नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाइरहेका कारण उनी २०५१ सालको अन्त्यतिर नेपाल फर्किए। २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन गरेर उनले निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लागिरहे।

लिम्बु ०६१ देखि नै ट्राभल्सको सबैभन्दा ठुलो छाता संगठन (नाट्टा) मा आबद्ध भए। २००६ मा उनी नाट्टामा सचिव र २००८ मा महासचिव भएका लिम्बु २०१४ देखि ०१६ सम्म अध्यक्ष भएर काम गरे। त्यस्तै, २०६४ मा ग्रान्ड एकेडेमी स्कुल (सातदोबाटो) को प्रबन्ध सञ्चालक भएका लिम्बु २०७० देखि ०७२ सम्म अध्यक्ष भए। संयुक्त पर्यटन समन्वय समितिको संयोजकसमेत रहेका लिम्बु अहिले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवन टोल विकास संस्थाको अध्यक्ष हुन्।

फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा।लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर समेत रहेका लिम्बु समग्र मुलुकको परिवर्तनका लागि राजनीतिमा होमिएका हुन्। परिवर्तनका लागि डा. बाबुराम भट्टराईको विकाशिल सिद्धान्तबाट प्रभावित बनेका लिम्बु भट्टराईकै नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका हुन्। अहिलेको राजनीतिक परिवेशबाट आजित बनेका लिम्बु नेपाली ललितपुर क्षेत्र नम्बर ३ र समग्र नेपाली जनताका ओइलिएका अपेक्षाहरुलाई जगाउन राजनीतिमा लागेको बताउछन्।

के छन् निर्वाचनका मुख्य एजेण्डा ?

प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर निशुल्क काम गर्ने र आफुलाई प्राप्त हुने सरकारी सेवा बाफतको रकम स्थानीय विकासका अत्यावश्यक कुरामा खर्च गर्ने उनको पहिलो एजेण्डा छ। प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर निशुल्क काम गर्ने र आफुलाई प्राप्त हुने सरकारी सेवा बाफतको रकम स्थानीय विकासका अत्यावश्यक कुरामा खर्च गर्ने उनको पहिलो एजेण्डा छ।

त्यस्तै धुलोधुवाँबाट आजित बनेका ललितपुरबासी र समग्र उपत्यकाबासीलाई स्वच्छ वातावरण प्रदान गर्ने तथा खानेपानीको समस्या र फोहोरमैला व्यवस्थापन गर्ने, नेपाल पर्यटनका दृष्टीले उत्कृष्ट गन्तव्य भएकाले त्यसको विकासका लागि योजनावद्ध रुपमा काम गर्ने, भ्रष्टार सुन्यमा पुर्याउने उनका मुख्य चुनावी एजेण्डा हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);