भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले  भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् । उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालकाे निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेकाे थियाे । यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);