उम्मेदवारको नौटंकीले हामी प्रभावित हुँदैनौँ : मतदाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २३ कार्तिक। अन्य समयमा जनताका समस्या समाधानमा बेवास्ता गर्ने नेताहरु यतिखेर घरदैलोमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका हुन् । घरदैलोमा पुगेर भोट माग्ने क्रममा कतिपय उम्मेदवारले नौटंकीसमेत देखाएका छन्।

निर्वाचन जित्नका लागि जनताको भोट चाहिन्छ । त्यहि भोटका लागि अहिले राजनीतिक दलका उम्मेद्वार मतदातासँगको भेटमा व्यस्त छन् । उम्मेद्वारहरु विहान सबेरैदेखि साँझसम्म घरघरमा पुगेर मतदातासँगको भेटघाटमा व्यस्त भएका हुन् । भेटघाटका क्रममा उम्मेद्वारहरुले आफ्नो पार्टी र चुनाव चिन्हबारे अवगत गराउने गरेका छन् ।

मतदातासँगको भेटघाटपछि सबैजसो उम्मेद्वारहरुले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । त्यो दाबी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले समेत गरिन् । वाम गठबन्धनका तर्फबाट ललितपुर–३ की उम्मेद्वार रहेकी भुसालले घरदैलोमार्फत मतदातासँग भेटेपछि ललितपुरवासीका लागि आफू परिचित अनुहार भएको र यस अगाडि गरेका कामले जित सुनिश्चित रहेको दाबी गरिन्।

भुसाल २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–३ बाटै निर्वाचित भएकी थिइन्। भुसालसँग यसपटक २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका मदनबहादुर अमात्य प्रतिस्पर्धामा छन्। अमात्य अहिले घरदैलोको सट्टा निर्वाचन प्रचार प्रसारका लागि कार्यालय खोल्ने दौडधुपमा लागेका छन् ।

दौडधुपमा रहेका कतिपय उम्मेदवारले मतदातालाई प्रभावित तुल्याउन नौटंकी समेत गरेका छन् । नेकपा एमालेका ललितपुर–१ का उम्मेदवार पूर्व डीआइजी नवराज सिलवालले खेतमा पुगेर मतदाताको धान काट्नुभएको छ भने नेपाली कांग्रेसकी कैलाली–५ की उम्मेदवार डाक्टर आरजु राणाले थारुहरुको झुपडीमा पुगेर टाउकामा ढकी बोकेका छन् ।

राजपा नेपालका नेता राजेन्द्र महतोले धनुषामा बाँसको टेको लगाइएको अग्लो भ¥याङ चढेर मधेश आन्दोलनका सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरी मतदाताको मन जित्ने प्रयासरत छन्। मतदाताहरुले भने उम्मेदवारको नौटंकीबाट प्रभावित नहुने बताएका छन् । उनीहरुले चुनावका बेला निकटता देखाउन नाटक गर्ने नेताहरुले आफूहरुको दुःखमा साथ दिने नगरेको गुनासो गर्दै निर्वाचनमा प्रभावमा नपरी विवेक प्रयोग गर्ने बताएका छन् ।

भोट माग्नका लागि जनताको घरदैलो र खेतबारीमा पुग्नु आश्चर्यको विषय होइन । अरु बेला गाउँमा कहिल्यै पाइला नटेक्ने र जनताका पीरमर्कालाई बेवास्ता गर्ने नेताले निकटता देखाएर अनेक आश्वासन बाँड्नुलाई चाहिं नौटंकीका रुपमा लिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);