ओली र प्रचण्डको संयुक्त चुनावी अभियान, कति गते कुन जिल्लामा ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

काठमाडौँ, २३ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त चुनावी अभियान गोरखाबाट सुरु हुने भएको छ।

वाम गठबन्धन बनाएपछि यसअघि नै घोषणा गरिएको संयुक्त चुनावी अभियान कार्तिक २९ गते गोरखाबाट सुरु हुने भएको हो। गोरखा हुँदै कार्तिक ३० मा बागलुङ र स्याङ्जा, मंसिर २ गते झापामा हुने सभालाई दुई नेताले सम्बोधन गर्ने भएका हुन्।

मंसिर ३ गते झापाको काँकडभिट्टा र मोरङ, मंसिर ५ गते बुटवल र दाङ, ७ गते सुर्खेत र दैलेख, ८ गते कैलाली र कञ्चनपुरमा हुने छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने त्यसपछि मंसिर ९ गते दुवै नेता पोखराको कार्यक्रममा सहभागी हुनेछन्।

ताजा समाचार